Logo

लिभोनको नयाँ प्रोटिन श्याम्पू बजारमा



काठमाडौं, १७ कात्तिक । लिभोनले आधिकारिक रुपमै नेपालमा आफ्नो नयाँ प्रोटिनले सम्बृद्ध उत्पादन लिभोन प्रोटिन श्याम्पूको बिक्री वितरणको सुरुवात गरेको छ।

कपालको हेरचाहका लागि एक विश्वसनीय नाम लिभोन यस क्षेत्रमा आफ्ना नविन समाधानयुक्त उत्पादनहरुको लागि सुपरिचित छ जसले मानिसहरुलाई सुन्दर, स्वस्थ र आकर्षक कपाल बनाउनका लागि बलियो साथ प्रदान गर्दछन्।

कपालको हेरचाहका लागि चाहिने विभिन्न आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएका उत्पादनहरूको फराकिलो दायराका साथ लिभोनले नेपालमा सन्तुष्ट ग्राहकहरूको एउटा ठूलो समर्पित पङ्क्ति बनाइसकेको छ।

लिभोन प्रोटिन श्याम्पूको सुरुवातले उच्चस्तरीय कपाल हेरचाहका समाधानहरू प्रदान गर्नका लागि ब्रान्डको समर्पणलाई प्रतिविम्वित गर्दछ। यस महत्त्वपूर्ण अवसरलाई मनाउन लिभोनले कपालको हेरचाहमा उत्कृष्टता प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई जोड दिँदै उदाउँदा दुई नेपाली अभिनेत्रीहरु मुना गौचन र श्रद्धा सुवालसँग साझेदारी गरेको छ।

प्रोटिनको सकारात्मक गुणले सम्पन्न यो श्याम्पू तीन फरक भेरियन्टमा प्राप्त हुनेछ ( नरीशिङ केयर्, एन्ती हेयरफल र ड्यामेज रिपेयर । नेपालमा बढ्दो प्रदूषण र धुलोका कारण कपालमा ज्यादा असर हुने हुँदा न्यू लिभोन श्याम्पूमा भएको प्रोटिन सोल्युसनले कपाललाई पुगेको क्षतिको रिपेयर गर्नेछ र यसलाई अझै सिल्की, चम्किलो र बलियो बनाउनेछ।

मेरिकोको बारेमा
मेरिको लिमिटेड विश्वव्यापी सौन्दर्य र वेलनेसका क्षेत्रमा काम गर्ने भारतको अग्रणी उपभोग्य सामग्री उत्पादक कम्पनीहरूमध्ये एक हो। मारिकोले कपालको हेरचाह, छालाको हेरचाह, खाद्य तेल, रोग प्रतिरोधात्मक क्षमता बढाउने र स्वस्थ खाना, पुरुष ग्रूमिङ र कपडाको क्षेत्रमा अग्रणी रहेका ब्रान्डहरूलाई हुर्काउने काम गर्छ। आर्थिक वर्ष २०२१/२०२२ मा मारिकोले भारत तथा एशिया र अफ्रिकाका छनौट गरिएका बजारहरुमा बेचेका उत्पादनहरु मार्फत् लगभग भा.रु.८०.५ बिलियन (अमेरिकी डलर १.१ बिलियन) को रेकर्ड कारोबार गरेको थियो।

लिभोन कपालको हेरचाहमा जोड दिने प्रिमियम श्रेणीको ब्रान्ड हो। यो कपाल हेरचाहका उत्पादनहरू प्रदान गर्ने मारिको लिमिटेडका ब्रान्डहरूमध्ये एक हो। यस ब्रान्डले महिलाहरूको भावनालाई उकास्ने र उनीहरूलाई आफ्नो बारेमा सकारात्मक महसुस गराएर सशक्तिकरण गर्ने उद्देश्य राखेको छ। यसका लागि उसको सञ्चार गर्ने नारा नै छ, ‘गर्जियस हेयर डे, एभरी डे’ ।



प्रतिक्रिया दिनुहोस्