Logo

भुकम्पमा परी ज्यान गुमाएकाप्रति जसपाद्वारा दुःख व्यक्त, राहत र उद्धारका लागि अपिल



काठमाडौं, १८ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालले जाजरकोटमा हिजो राति गएको भुकम्पमा परी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहसहित जाजरकोट, पश्चिम रुकुममा सयौँ व्यक्तिको ज्यान गएको घटनाप्रति दुख व्यक्त गरेको छ ।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भुइँचालोका कारण भएको मानवीय र भौतिक क्षतीले स्तब्ध बनाएको बताएका छन् । उनले उक्त भुकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

बस्नेतले घाइतेको स्वास्थ्योचारको व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष माग गरेका गर्दै राहत र उद्धारका कार्यमा जुट्न सबैलाई अपिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्