Logo

कोशी सरकारबाट बाहिरियो एमाले, संकटमा मुख्यमन्त्री कार्की



काठमाडौं, १८ कात्तिक । कोशी प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । आफूहरुसँगको सहमति विपरीत गठबन्धन दललाई सरकारमा ल्याएको भन्दै एमाले सरकारबाट बाहिरिएको हो । एमालेबाट मन्त्री बनेका राम रानाले मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा दिइसकेका छन् ।

मुख्यमन्त्री कार्कीले हिजोमात्रै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

कोशीमा एमालेले मुख्यमन्त्री काकीलाई दिएको समर्थन पनि फिर्ता लिने बताइएको छ । रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संवाद गर्दै एमाले कोशी प्रदेशका सचेतक रेवती रमण भण्डारीले भने, ‘एमाले सरकारबाट बाहिरिसकेपछि समर्थन कायम राख्न आवश्यक छैन । हामी आगामी सोमबार संसदीय दलको बैठक बसेर समर्थ फिर्ता लिन्छौं ।’



प्रतिक्रिया दिनुहोस्