Logo

भूकम्प अपडेटः मृतकको संख्या १३३ पुग्यो



काठमाडौं, १८ कार्तिक । गएराति गएको भूकम्पमा पारी जाजरकोट र रुकुम पश्चिममा गरी एक सय ३३ जनाको निधन भएको छ । अहिले विहान साढे १० बजेसम्म भुकम्पमा परी जाजरकोटमा ९५ जना र रुकुम पश्चिममा ३८ जनाको निधन भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

यस्तै, दुई जिल्लामा घाईते हुनेको संख्या एक सय ४० रहेको छ । रुकुम पश्चिममा ८५ र जाजरकोटमा ५५ जना घाईते भएका छन् ।

जाजरकोटका ५५ जना घाईतेमध्ये ३३ जनाको जाजरकोटमै उपचार भइरहेको र २२ जनाको उपचारका लागि सुर्खेत रिफर गरिएको छ ।

त्यसैगरी, रुकुम पश्चिमका ८५ जना घाईतेमध्ये ३० जना डिस्चार्ज भइसकेका छन्, ४० जना उपचाररत रहेको र १५ जनालाई थप उपचारका लागि सुर्खेत र नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

गतराति जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भुकम्प गएको थियो ।



प्रतिक्रिया दिनुहोस्