Logo

नेविसंघको पदस्थापना तथा सम्मान कार्यक्रम स्थगित्



काठमाडौं, १८ कात्तिक । नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिद्वारा आयोजित पदस्थापना तथा सम्मान कार्यक्रम स्थगित् भएको छ ।

नेविसंघका मुख्य सचिव विजय खड्काले आज (शनिबार) विज्ञप्ति जारी गर्दै जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको भूकम्पका कारण मानवीय तथा भौतिक क्षति भएकाले कार्तिक २० र २१ गते तोकिएको कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी गराएका छन् ।

पदस्थापना तथा सम्मान कार्यक्रम मङ्सिरको तेस्रो साताभित्र सम्पन्न गरिने गरी पछि मिति, स्थान र समय तोकिने पनि बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्