Logo

नेविसंघले भूकम्प पीडितको सहायताका लागि सात लाख सहयोग गर्ने



काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भूकम्प पीडितहरुको सहायताका लागि सात लाख सहयोग गर्ने घोषणा गरेको छ ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेविसंघका सात सय तीन केन्द्रीय सदस्यबाट एक हजारका दरले उठाएर सहयोग गर्ने बताए ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार पुनर्स्थापना र राहतमा केन्द्रीत हुनका लागि नेविसंघले २१ र २२ गतेका लागि तय गरेको पदस्थापना कार्यक्रम स्थगित गरेको अध्यक्ष शेर्पाले बताए । साथै, अध्यक्ष शेर्पाले भूकम्प प्रभावित क्षेत्रमा उद्दारका लागि जुट्न समेत मातहतका निकायलाई निर्देशन दिएका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी हालसम्म एक सय ३८ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जाजरकोट र रुकुम पश्चिममा गरी कूल एक सय ६६ जना घाईतेहरु रहेका छन् । घाईतेमध्ये सात जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्