Logo

भूकम्पका घाईतेहरुको उपचारमा रगतको अभाव हुन नदिन नेविसंघले गर्यो रक्तदान



काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भूकम्पबाट घाईते भएकाहरुको उपचारका लागि रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरेको छ ।

नेविसंघले हिजो बेलुका ७ बजेदेखि सञ्चालन गरेको कार्यक्रममा अहिलेसम्म ६२ जनाले रक्तदान गरेका उक्त कार्यक्रममा संयोजक उज्वल बज्रचार्यले बताए । रक्तदान कार्यक्रम आज बेलुकी सात बजेसम्म सञ्चालनमा रहने पनि बताइएको छ ।

नेविसंघ आफ्नो पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेरनै भूकम्पमा परी घाईते भएकाहरुको उद्धार, पीडितलाई राहत लागयतका काममा केन्द्रीत भएको छ । नेविसंघले हिजोनै भूकम्प पीडितहरुको सहयोगार्थ सात लाख रुपैयाँ सहयोग गर्ने घोषणासमेत गरिसकेको छ ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आज विहान भूकम्पमा घाईते भई त्रिवि शिक्षण अस्पतालमा उपचाररत ८ जना विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । सो अवसरमा उनले भूकम्पमा परी उपचाररत ८ जना विरामीलाई म्याट्रेस, कम्बल (ओढ्ने), फलफूल, हर्लिक्स, विस्कुट लगायतका वस्तुहरु राहतस्वरुप प्रदान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्