Logo

कांग्रेस नेता श्रेष्ठद्वारा भूकम्पमा आमाबाबु दुवै गुमाएका १० बालबालिकालाई निःशूल्क पढाउने घोषणा



काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री उमेश श्रेष्ठले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा बाबुआमा दुवै जना गुमाएका १० जना बालबालिकालाई उच्च शिक्षासम्म निःशुल्क पढाउने घोषणा गरेका छन् ।

एलए एजुकेसन ग्रुपका संस्थापकसमेत रहेका श्रेष्ठले भूकम्पमा बाबुआमा गुमाएका पाँच छात्रा र छात्रलाई आवासीय सुविधासहित उच्च शिक्षासम्म निःशूल्क पढाउने घोषणा गरेका हुन् ।

एलए ग्रुप अन्तर्गतका शिक्षण संस्थाहरूमा आवासीय सुविधासहित निःशुल्क शिक्षा प्रदान गर्न न्यूनतम २ करोड रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउने निर्णय भएको उनले बताए ।

‘राहत स्वरुप तत्कालको लागि उपलब्ध गराउने रकमले भन्दा पनि १० जनालाई माध्यमिक तह (कक्षा १२) सम्म पढाईदिन पाए यसले दीर्घकालीन असर पार्छ भन्ने लाग्यो । १० जना बालबालिकालाई सुविधासम्पन्न विद्यालयमा शिक्षाको साथै कक्षा १२ सम्म बालबालिकाको सम्पूर्ण जिम्मेवारी लिन्छु,’– श्रेष्ठले भने ।

श्रेष्ठले विगत १० वर्षदेखि वर्षेनी २० जनालाई निःशूल्क पढाउँदै आएका छन् । उनले देशका कैयौं उत्कृष्ठ शैक्षिक संस्थाको नेतृत्व गरिसकेका छन् ।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी एक सय ५७ जनाले ज्यान गुमाइसकेका छन् भने दुई सयभन्दा बढि घाईते भएका छन् ।



प्रतिक्रिया दिनुहोस्