काठमाडौं, २० कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तराष्ट्रिय उद्योगी–व्यवसायीलाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन् । आज (सोमबार) नेपाल उद्योग वाणिज्य महासङ्घ र एसिया प्यासिफिक उद्योग वाणिज्य महासङघले काठमाडौँमा आयोजना गरेकोे ३७औँ एसिया प्यासिफिक उद्योग वाणिज्य महासङ्घको सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालको कृषि, पर्यटन र उर्जामा लगानी बढाउन आह्वान गरेका हुन् ।
‘नेपालमा लगानीका क्षेत्र बढ्दै गएका छन् र लगानी सहज बनाउनका लागि कानुन निर्माण भइरहेका छन्, म कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु,’– राष्ट्रपति पौडेलले भने ।
नेपालमा लगानीको वातावरण बनिरहेको र लागानी सहजताका लागि कानुनहरु पनि निर्माण भइरहेको उनले बताए । राष्ट्रपति पौडेलले नेपालमो जलविद्युत अन्तराष्ट्रिय बजारमा समेत विक्री हुने वातावरण बनिसकेको बताउँदै नेपालको जनविद्युतमा लगानी गर्नसमेत अन्तराष्ट्रिय उद्योगी–व्यवसायीहरुलाई उनले आग्रह गरे । उनले
बताउँदै उनले साना तथा मझौला उद्यमहरु नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै त्यस्ता प्रकारका उद्यमको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याए ।