काठमाडौं, २१ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । उनी आज (मंगलबार) नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोट गएका हुन् । भूकम्पपछि त्यहाँका नागरिकहरुको अवस्था बुझ्न उनी जाजरकोट पुगेका हुन । राष्ट्रपति पौडेल रुकु्म पश्चिम पनि जाने बताइएको छ ।
राष्ट्रपति पौडेलले जाजरकोट जिल्ला अस्पता पुगी उपचाररत घाईतेहरुको अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रपति पौडेलको सुरक्षामा उच्च सतर्ककता अपनाइएको छ ।
राष्ट्रपति पौडेलसँगै उपप्रधान एवं रक्षा मन्त्री पूर्ण बहादुर खड्का, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत लगायतका उच्च पदस्थ व्यक्तिहरुले अस्पतालको अवलोकन गरी घाईतेहरुको अवस्थाबारे जानकारी लिएका थिए ।
राष्ट्रपति पौडेल पूर्वनिर्धारित युरोप भ्रमण रद्द गरेर भूकम्प प्रभावित क्षेत्रमा पुगेका हुन् । राष्ट्रपति पौडेलसँ भूकम्प प्रभावित व्यक्ति र घाईतेहरुले खाद्यन्नदेखि आवाससम्म माग गरेका छन् ।
उनीहरुको मागप्रति केन्द्रीत हुँदै राष्ट्रपति पौडेलले यसबारे सरकारसँग कुरा गर्ने बताए । भूकम्प प्रभावितहरुलाई उनले अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचना गरी सबै व्यवस्थापन हुनेसमेत बताए ।