Logo

‘चिन्ता गर्नु पर्दैन, म सरकारसँग कुरा गर्छु’



काठमाडौँ, २१ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावितहरुको अल्पकालीन र दीर्घकालीन आवश्यकताबारे सरकारसँग कुरा गर्ने बताएका छन् ।

भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि जाजरकोट पुगेका राष्ट्रपति पौडेलले आवश्यक बसोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएका हुन् ।

राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने, ‘तपाईंहरुका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्नु पर्दैन । म सरकारसँग कुरा गर्छु ।’

सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गएका थिए । घाइतेहरूको अवस्थाबारे जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराएका थिए।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज सुर्खेतबाट जाजरकोट पुगेका हुन् । उनका प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठविसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिनेछन् ।



प्रतिक्रिया दिनुहोस्