Logo

आफ्ताब आलमको मुद्दामा सुनुवाइ जारी, भोलिसम्ममा फैसला आउने



काठमाडौं, २२ कात्तिक । इटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका मोहम्मद आफ्ताब आलमको मुद्दामा सुनुवाइ जारी रहेको छ ।

जिल्ला अदालत रौतहटमा उनको मुद्दामा सुनुवाइ जारी रहेको हो । उक्त मुद्दामा हिजो (मंगलबार) सरकारी वकिल र आलम पक्षका वकिलहरुले वहस गरेका थिए । बाँकी रहेका केही वकिलहरुको वहस आज सकेर भोलि अन्तिम फैसला गर्ने अदालतको तयारी रहेको बताइएको छ ।

संविधान सभा निर्वाचन–२०६४ का उम्मेदवार रहेका आलमले जसरी पनि चुनाव जित्नका लागि भारतबाट बम बनाउने मानिस बोलाएका थिए । त्रास देखाएर बुथ कब्जामा लिने र चुनाव जित्ने रणनीतिमा आलम रहेका थिए । बम बनाउने क्रममा विस्पोट हुँदा घाईते भएकाहरुलाई आलमले पोल खुल्ने डरले आफूले सञ्चालन गरेको इँटाभट्टामा हालेर जिउँदै जलाएका थिए ।



प्रतिक्रिया दिनुहोस्