काठमाडौं, २३ कात्तिक । आम जनता पार्टी (आजपा) ले आरती साह मृत्यु प्रकरणमा निश्पक्ष छानविनको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापन पत्र बुझाएको छ । आज (बिहिबार) आजपाको नेतृत्वमा आरतीकी आमासहित उपस्थित भई आयोगमा ज्ञापन पत्र बुझाइएको हो ।
आरतीको मृत्यु प्रकरणमा धनुषा प्रहरीको भूमिका शंकास्पद देखिएको आजपाको ज्ञापनपत्रमा उल्लेख छ ।
आफूहरु न्यायको लागि अन्तिम विकल्पको रुपमा आयोगको कार्यालय आउन बाध्य भएको बताइएको छ । आरतीकी आमाले अयोगका अध्यक्ष तोपबहादुर मगरसँग दुई हात जोडेर भक्कानिँदै न्यायका लागि अपिल गरिन् ।
आफूहरुले न्याय माग्दै सात महिनादेखि संर्घष गर्दा पनि सरकारले बेवास्ता गरेको आरतीकी आमाको गुनासो छ । उनले सडकमै मरेपछि न्याय दिने हो ? भन्दै आयोगका अध्यक्षसँग प्रश्नसमेत राखिन् ?