काठमाडौं, २४ कात्तिक । सर्वोच्च अदालतले मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहलाई पुनर्वाहली गर्न आदेश दिएको छ ।
नेकपा (एमाले) को निर्वाचन चिन्हबाट निर्वाचित भएकी साहलाई एमालेले अर्को पार्टीमा लागेको भन्दै पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस गरेको थिए । एमालेको सिफारिसमा मेयर साहलाई आयोगले पदमुक्त गरेको पत्र पठाएको थियो ।
आयोगको उक्त निर्णयविरुद्ध मेयर साह सर्वोच्च गएकी थिईन् । मेयर साहको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले पदमुक्त गर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।