Logo

सरकार कति दिन रहन्छ त्यो मुख्य होईनः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू कतिदिन पदमा रहन्छु भन्ने ठूलो कुरा नरहेको बताएका छन् । आज (शनिबार) ‘कीर्तिपुरका जनतासँग प्रधानमन्त्री प्रचण्ड’ साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारमा रहने कुरा मुख्य नभएको बताएका हुन् ।

आफू पदमा रहने कुरा मुख्य नभएर जनताको पक्षमा, सुशासन, सामाजिक न्याय र समृद्धि मुख्य भएको उनले बताए । ‘कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, त्यो मुख्य कुरा होइन । मुख्य सुशासन, सामाजिक न्याय र समृद्धिको हो,’– उनले भने ।

प्रधानमन्त्री प्रचण्डले समाजमा प्रभाव पार्ने गरी सरकारले आफ्नो गतिविधि अगाडि बढाइरहेको बताए । सरकारबाट नयाँ किसिमले काम गरिएन भने संविधान, लोकतन्त्र, गणतन्त्र र राष्ट्रनै खतरामा पर्ने अवस्थालाई बुझेर आफूले काम गरिरहेको उनले बताए । आफूहरुले सामाजिक न्याय, सुशासन र समृद्धिको नारासहित सरकारका कामकारबाही अगाडि बढाइरहेको उनको दाबी छ ।

तराईमा रहेको मिटरव्याजी समस्यामा सरकारले खेलेको महत्वपूर्ण भूमिकाको कारण अहिले लाखौं किसानहरुले मुक्तिको स्वाश फेरिरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्