Logo

राजनीतिमा ठूलो भूकम्प आउने खतरा छः झलनाथ खनाल



काठमाडौं, २५ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले राजनीतिक क्षेत्रमा पनि ठूलो भूकम्प आउने खतरा रहेको बताएका छन् । आज (शनिबार) समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०६२/६३ सालको क्रान्तिपछि वामपन्थीहरुले अवलम्बन गर्नपर्ने नीति र सिद्दान्त अवलम्बन गर्न नसकेको बताएका हुन् ।

‘हाम्रो देशमा सामाजिक राजनीतिक क्षेत्रमा पनि भूकम्प आउँछ कि भन्ने खतरा बढ्दो छ । किनभने हामीले ०६२÷६३ मा देशमा ठूलो क्रान्ति गर्यौं । पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्यौं ।’ उनले भने, ‘त्यो सम्पन्न जुन विन्दुमा भयो, त्यही विन्दुबाट हाम्रो देश समाजवादी क्रान्ति र रुपान्तरको युगमा प्रवेश गरेको छ । हामीले जस्ता प्रकारका नीति, सिद्दान्त लिएर अगाडि बढ्न पर्ने हो त्यो कुरामा ठूलो अलमल भइरहेको महशुस हुन्छ ।’

अहिले देश राजनीतिक रुपले अस्थिरता र दिशाहीन र आर्थिक रुपले संकटग्रस्त अवस्थामा रहेको उनले बताए । सामाजिक, संस्कृतिक रुपले पनि मूलुक संकटग्रस्त अवस्थामा रहेको उनले बताए । देशको मौलिक सस्कृतिमाथि विभिन्न ढंगले प्रहार भइरहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्