काठमाडौं, २७ कात्तिक । नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्न्यातले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले नै राजा फर्काउने बताएका छन् ।
हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको अवस्थामा गणतन्त्र ल्याउनेहरुको मुटुमा ढ्याङ्ग्रो ठोकीसकेको उनको दाबी छ ।
‘असम्भव छैन । उहाँ (ज्ञानेन्द्र) आउनु भयो भने मलाई लाग्छ, प्रचण्डजीले अथवा यिनीहरुले नै ल्याउँछन् । यिनीहरुको आत्माले ढ्याङ्ग्रो ठोकिसक्यो,’– उनले भने ।
नेपालको शान्ति, विकास, प्रगति र राष्ट्रिय एकताका लागि राजा आवस्यक रहेको उनले बताए ।