Logo

काठमाडौं महानगरभित्रका विद्यालयमा प्रअ नियुक्तिलाई लिएर सर्वोच्चमा मुद्दा



काठमाडौं, २७ कात्तिक । काठमाडौं महानगरपालिकाले प्रधानाध्यापक नियुक्ति प्रक्रियामा विद्यालय व्यवस्थापन समितिलाई वाइपास गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर भएको छ । महानगरको उक्त निर्णयविरुद्ध विद्यालय व्यवस्थापन महासंघ र प्रधानाध्यापकहरु सर्वोच्च गएका हुन् ।

शिक्षा ऐनको मर्मभन्दा बाहिर गएर महानगरले बाहिरबाट प्रअ ल्याउन नमिल्ने उनीहरुको भनाई छ । महानगरले केही समयअघि विज्ञापन प्रकाशित गरेर खुल्ला प्रतिस्पर्धाबाट महानगरभित्रका विद्यालयमा प्रअ नियुक्तिको प्रक्रिया अघि बढाएको थियो ।



प्रतिक्रिया दिनुहोस्