Logo

बालगोपालेश्वरमा भाइटीका लगाइदिने र लगाउनेको भीड



काठमाडौं, २९ कात्तिक । वर्षमा एक दिनमात्र खुल्ने काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा भाइटीका लगाइदिने र लागउनेको भीड बढेको छ ।

यमपञ्चक अर्थात् तिहारको भाइटीकाको दिन मङ्गलबार दिदीबहिनी नभएका एवम् भाइटीका गर्न नपाएकाहरुका लागि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर दर्शन गर्ने तथा भाइटीका लगाउने प्रचलन छ ।

वर्षमा भाइटीकाको दिनमात्रै खुल्ने सो मन्दिरमा पूजाआजा र टीका लगाउने लगायतको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्दै आएको छ । उक्त मन्दिर आज विहानदेखि बेलुकीसम्मै खुल्ला रहने छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो । भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ मा पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई खुला गरिँदै आइएको छ ।



प्रतिक्रिया दिनुहोस्