काठमाडौं, ३० कात्तिक । नेकपा (एमाले) का नेता माधव ढुंगेलले सामाजिक सञ्जाल टिकटक बन्द गरेर सरकार गलत बाटोमा हिँडेको टिप्पणी गरेका छन् । सरकारको मनसाय नियन्त्रणकै भएपछि बन्दनै त्यसको विकल्प हुन नसक्ने बताए । सामाजिक सञ्जाललाई कडाइका साथ नियमन गर्नुपर्ने बताउँदै उनले दुई चार जना मान्छेको बदमासीका कारण लाखौं मानिस लाभ लिनबाट बञ्चित हुन नहुने बताए ।
‘सरकार गलत बाटो हिँड्यो । नियमनको बाटो हिँड्नुपर्ने, क्लोज गर्दिने बाटोतिर हिँड्यो सरकार । सबै सामाजिक सञ्जाल स्ट्रिक्ली नियन्त्तण र नियमन गर्नपर्छ किन कि दुई चार जना मान्छेले गरेको बद्माुसीका कारण सामाजिक सञ्जालबाट लाखौं मानिसले लिने लाभको अन्त्य हुन हुँदैन,’– उनले भने ।
साथै, फरक प्रशंगमा अब यो देशमा राजतन्त्रको कुनै गुञ्जायसनै नरहेको बताए । राजतन्त्रले जनतालाई विकास, बाटो, विजुली, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता अत्यावस्यक वस्तुहरु दिन नसकेको उनको भनाइ छ । अहिलेको विकास बहुदल आएपछि दलहरुले प्रयासबाट भएको उनले बताए । राजसंस्थाको विषयमा बसह चलाउन आवस्यकनै नरहेको बताउँदै उनले दुई चार जना मानिसले राजतन्त्र माग्दैमा त्यसको आवस्यकता बोध हुन नसक्ने बताए ।
‘अब यो देशमा राजा फर्काउने कुराको कुनै गुञ्जायस छैन । राजतन्त्रले के दिन्छ यहाँ ? विकास दिएको छ राजतन्त्रले ? बाटो, विजुली, खानेपानी, शिक्षा, स्वास्थ्य दिएको थियो ? केही पनि थिएन, हामीले बहुदल आएपछि बनाएको हो ।’ उनले भने, ‘राजसंस्था आउँदा यहाँ चमत्कार हुन्छ भन्ने व्याख्या जसरी गरिँदैछ त्यो असम्भव । अब यो देशमा राजा भन्ने कुराको गुञ्जायस छैन । यो विषयमा बहस चलाउन आवस्यक पनि छैन । केही मान्छेहरुले राजतन्त्र माग्दैमा आउने हो त ? त्यसको आवस्यकता के गरी बोध हुन्छ ?’