काठमाडौं, ३० कात्तिक । खाल्सा एडले जाजरकोटका भूकम्प प्रभावितहरुलाई खाना बनाएर खुवाइरहेको छ । उक्त कार्यमा खाल्सा एडका नेपाल प्रतिनिधि देवेन्द्र सिंह गान्धी आफैं सकृयताका साथ लागिरहेका छन् ।
जाजरकोटको मैदे र राउत गाउँका भूकम्प प्रभावितहरुलाई खल्सा एडले खाना खुवाइरहेको छ । नेपाल प्रतिनिधि गान्धीको सक्रियतामा अहिले विहान बेलुका गरी दैनिक एक हजार जनाभन्दा बढिलाई खाना खुवाउने काम भइरहेको छ ।
रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिमका धेरै मानिसहरु घरबारविहीन भएका थिए । घर भत्किएर खानेकुरा पुरिँदा त्यहाँका भूकम्प प्रभावितहरुले भोकै रात बिताउने अवस्थामा थिए ।
खाल्सा एड अन्तराष्ट्रिय गैर सरकारी संस्था हो । यसले विभिन्न देशहरुमा प्राकृतिक विपद्, र गृह युद्धको समयमा विभिन्न प्रकारका मानवीय सहायत उपलब्ध गराउँदै आएको छ ।