काठमाडौं, १ कात्तिक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मोरङको उर्लाबारीमा आगलागीमा परी घाईते भएकाहरुको स्वास्थ्य अवस्था जानकारी लिएका छन् ।
ओलीले आज (शुक्रबार) कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर घाईतेहरुको स्वास्थ्य अवस्था जानकारी लिएका हुन् । अध्यक्ष ओलीले जलनका विरामीहरुको उपचारमा कुनै कसुर बाँकी नराख्न अस्पताल प्रशासनसँग आग्रह गरेका छन् ।
अध्यक्ष आलीलाई उपचारमा खटिएको चिकित्सकहरुले विरामीको अवस्था जानकारी गराएका थिए । गत कात्तिक २६ गते मोरङको उर्लावारीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाईते भएका थिए ।
घाईते २७ जनामध्ये २५ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको थियो । उनीहरुको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।