काठमाडौं, २ मंसिर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार नालायक भएको टिप्पणी गरेका छन् । आज (शनिबार) जनसम्पर्क समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको असक्षमताको कारण सामाजिक सद्भाव भड्किएको र अराजकता बढेको टिप्पणी गरे । सरकारको नालायकीपन एमालेले टुलुटुलु हेरेर नबस्ने उनको भनाइ छ ।
एमाले सत्य र न्यायको पक्षमा अग्र पंत्तिमा उभिने उनले बताए । शासकहरूका कर्मले फैलिएको निराशा र अराजकतालाई चिर्नका लागि कोही न कोही त अगाडि आउनुपर्ने बेला भएको उनले बताए ।
नेपाल राष्ट्रलाई कमजोर बनाउनका लागि एमाले र नेपाली सेनामाथि निरन्तर प्रहार भइरहेको उनको भनाई छ ।