काठमाडौं, ३ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल छठ पूजाका लागि काठमाडौंको गौरीघाटस्थित गुह्येश्वरी मन्दिर परिसरमा पुगेका छन् ।
राष्ट्रपति पौडेलले गुह्येश्वरीमा तयार गरेको छठी माताको प्रतिमामा दर्शन गरेका छन् । विगतका वर्षहरुमा पनि यसअघिका राष्ट्रपतिहरु छठ पूजामा सहभागी हुने गरेका थिए ।
पछिल्लो समय छठ पर्व पमधेशसहित पहाडमा पनि मनाउन थालिएको छ । छठ पर्व मनाउनका लागि काठमाडौंका विभिन्न १३ स्थानमा भक्तजनहरुको भीड रहेको छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाईन्छ ।