Logo

युनिलिभर नेपालद्वारा भूकम्प प्रभावितहरुका लागि एक करोड सहयोग



काठमाडौं, ५ मंसिर । युनिलिभर नेपाल नेपाल लिमिटेडले भूकम्प प्रभावितहरुको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैया जम्मा गरेको छ ।

सहयोगको उक्त चेक कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेका थिए ।
कम्पनीले भूकम्प गएको भोलिपल्टै प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुप लगायतका तत्काल राहत सामग्री पु¥याएको थियो ।

विगतका अन्य प्राकृतिक प्रकोपहरूमा जस्तै गरी, लचिलो भावनाका साथ युनिलिभर नेपाल लिमिटेडले पीडित परिवार र राष्ट्रसँग ऐक्यबद्धता प्रकट गर्दै नेपाल सरकारको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापना कार्यलाई साथ दिनको उक्त रकम उपलब्ध गराएको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्