काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको जगनै नभएको टिप्पणी गरेका छन् । आज (शुक्रबार) पार्टी निकट युवा संगठन राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारको जरानै नभएको बताएका हुन् । उनले वर्तमान सरकार बल्खुमा हा हु हेर्न आएकासँग पनि डराएको बताए ।
‘हिजो बल्खुमा हा हु हेर्न आए । यो सरकार त्यसैमा थर्कमान छ । किनकी जगै छैन । गठबन्धन छ, जरा छैन । यस स्थितिमा युवाहरुमा निराशा छ । जनतामा निराशा हुनु देशका लागि खतरनाक हो,’– उनले भने ।
माओवादीको सशस्त्र विद्रोहकै कारण अहिलेसम्म युवाहरु विदेशिन परिरहेको उनको आरोप छ । शान्ति प्रक्रिया टुंग्याउन पर्ने र पीडितहरुको घाउँमा मल्हम लगाउन पर्ने अवस्थामा यो सरकारले हिंसालाई महिमा मण्डन गरिरहेको उनले बताए । उनले सरकारका काम कारबाहीबाट जनतामा निराशा आएको बताए । File Photo/RN