काठमाडौं, ८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुर्गा प्रसाईँको आन्दोलनमा सरकारले निषेधको राजनीति गरेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) वीरगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको उक्त गतिविधिले आफूलाई लागेको कुरामा विरोध गर्न पाउने नागरिकको संवैधानिक अधिकार कुण्ठित भएको बताएका हुन् ।
सबैले रोजेको बाटो एकै हुनुपर्छ भन्ने नरहेको बताउँदै उनले जनताको मुद्दा उठाउने सवालमा कसैको आवाज रोकिन नहुने बताए ।
सरकारले मिटरव्याज पीडित, लघुवित्त, सहकारी पीडितलगायत भुइँमान्छेको आवाज रोक्न खोजेको उनको आरोप छ । निषेधको राजनीतिक लामो समय नटिक्ने उनको दाबी छ । File Photo/RN