Logo

‘म देशका लागि जेलनेल सहेको मान्छे, पार्टीको मात्रै होईन, देशकै नेता हुँ’



काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीको मात्रै नेता नभएर देशकै नेता भएको दाबी गरेका छन् ।

आज (शनिबार) नेपाल सम्बतको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू ५८ वर्षसम्म देशका लागि लडेको बताए ।

उनले नेलसन मण्डेला, माओत्सेतुङ, नरेन्द्र मोदी लगायतका नेताहरु पार्टीको मात्रै नभएर देशकै नेता भएको बताए । उनले आफूले देशकै लागि जेलनेल भोगेकोसमेत बताए । उनले आफू पार्टीको नेतामात्रै नभएर देशको मान्छे र देशका लागि लडेको मान्छे भएको बताए ।



प्रतिक्रिया दिनुहोस्