काठमाडौं, १२ मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजसंस्थाको नारा लगाउनुको कुनै औचित्य नरहेको बताएका छन् ।
आज (मंगलबार) भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिम र जाजरकोटको अवलोकन गरेर काठमाडौं फर्कने क्रममा सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालमा राजतन्त्र ल्याउँछु भन्नु केलव कल्पनामात्रै भएको बताएका हुन् ।
नेपालमा राजतन्त्र इतिहास भइसकेको र अब कहिल्यै नफर्किने उनको दाबी छ । गणतन्त्र जनताको व्यवस्था भएको उनले बताए । सरकारले गलत काम गरेको खण्डमा सरकारविरुद्ध उभिन सकिने बताउँदै उनले व्यवस्थाको विरुद्ध उभिने छुट कसैलाई नभएको उनले बताए ।