Logo

उर्लाबारीको आगलागीमा परी घाईते भएका एक जनाको निधन



काठमाडौं, १२ मंसिर । उर्लाबारीको आगलागीमा परी घाईते भएका नरेश मरतीको निधन भएको छ । ४३ बर्षीय मरतीको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो ।

गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति उर्लाबारी– ७ बरगाछीस्थित सुनचाँदी पसलमा लागलागी हुँदा २७ जना घाईते भएका थिए । घाईते भएका मध्ये २१ जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । उचाररतमध्ये नरेशको हिजोराति निधन भएको हो ।

उक्त आगलागीमा घाईते भएका तीन जनाको सोही अस्पतालको आइसीयुमा र अन्य १७ जनाको जनरल वार्डमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्