Logo

राष्ट्रिय बाणिज्य बैंक घोटलाका आरोपितहरु दोषी ठहर



काठमाडौं, १३ मंसिर । राष्ट्रिय बाणिज्य बैंक घटलाका आरोपितहरु दोषी ठहर भएका छन् । सर्वोच्च अदालतले राष्ट्रिय बाणिज्य बैंकका चार कर्मचारीसहित आठ जनालाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बिगोसहित दायर गरेको उक्त भ्रष्टाचार मुद्दामा सर्वोच्चले विशेष अदालतकै फैसला सदर गरेको हो ।

उक्त भ्रटाचार मुद्दामा विशेष अदालतले व्यवसायी मंगतुराम अग्रवाल र उनका छोराहरु सुबोध कुमार अग्रवाल, सुरेश कुमार अग्रवाल, कृष्ण कुमार अग्रवाल, नारायण अग्रवाल र दामोदर अग्रवाललाई दोषी ठहर गरेको थियो ।

व्यवसायी मंगतुरामलाई गलत ढंगले ऋण प्रवाह गर्ने बाणिज्य बैंक विराटनगर रानी शाखाका चार जना कर्मचारीलाई पनि सर्वोच्चले दोषी ठहर गरेको छ । रानी शाखाका तत्कालीन प्रबन्धकहरु राधाप्रसाद साह र शिवचरण मण्डल, सहायक प्रवन्धक चन्द्रलाल अमात्य, लेखा अधिकृत भैरवप्रसाद पोखरेललाई दोषी ठहर गरेको हो ।

व्यवसायी मंगतुरामले नक्कली र झुटो कागजातका आधारमा ऋण लिएको निश्कर्षसहित अख्तियारले उनीहरुविरुद्ध २०६२ साल जेठमा मुद्दा दर्ता गराएको थियो ।



प्रतिक्रिया दिनुहोस्