Logo

नक्कली शरणार्थी प्रकरणः थुनछेकको आदेशविरुद्ध सुनुवाइ सकियो, फैसला भोलिमात्रै



काठमाडौं, १४ मंसिर । नक्कली शरणार्थी प्रकरणमा पुनरावेदनको बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उक्त प्रकरणमा पक्राउ परेका नेकपा (एमाले) नेता टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पण्डे लगायत उच्च अदालतमा गएका थिए ।

उक्त थुनछेकका आदेश विरुद्धको बहस सकिएपनि आदेश भने भोलिमात्रै आउने बताइएको छ । उच्च अदालत पाटनाका ध्यायधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा सुनुवाइ भएको उक्त मुद्दा निवेदक र सरकारी वकिलतर्फ दुवैको बहस पैरवी सकिएको छ ।

काठमाडौं जिल्ला अदालतले यसअघि १६ जनालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थिए । नक्कली शरणार्थी प्रकरणमा रायमाझी, खाँण लगायत आठ महिनादेखि थुनामा रहेका छन् । जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशलाई च्यालेन्ज गर्दै उनीहरु उक्त आदेश बदरको मागसहित उच्च गएका हुन् ।



प्रतिक्रिया दिनुहोस्