Logo

मरेको राजतन्त्र चिहान खनेर ब्युँतिदैनः केपी ओली



काठमाडौं, १५ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारको अकर्मण्यताका कारण व्यवस्था विरोधी शक्तिहरु सल्बलाएको बताएका छन् । आज (शुक्रबार) समृद्धिका लागि संकल्प यात्रामा रहेका ओलीले डडेलधुराको अमरगढीमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै सरकारको अकर्मण्यताको फाइदा उठाउँदै प्रतिगामी शक्तिहरुले मेरेको राजतन्त्रलाई चिहान खनेर ब्युताउने प्रयास गरेको बताएका हुन् । उनले अब देश पछाडि फर्किएर राजतन्त्र र सार्वभौमसत्ता व्यक्ति र परिवारमा सीमित हुने कुरा स्वीकार गर्न नसकिने बताए ।

‘प्रतिगामी तत्वहरु फेरि एकपल्ट मरेको राजतन्त्रको चिहान खनेर, १५ वर्षअघि मरेको राजतन्त्रको चिहान खनेर कुदेका छन् भूतप्रेतवादी तत्वहरु । यी सबै तत्वहरुलाई जवाफ दिन, देश पछाडि फर्कन सक्दैन, अगाडि बढ्छ । जनताको सार्वभौम सत्ता व्यक्ति र परिवारमा केन्द्रित हुनसक्दैन,’– उनले भने ।

यस्ता प्रकारका प्रतिगामी तत्वहरुका विरुद्ध नेपाली जनता सचेत हुनुपर्छ र देशलाई अगाडि बढाउन पर्छ भनेर आफूहरुले ‘झुलाघाट–चिवाभञ्ज्याङ्ः समृद्धिका लागि सङ्कल्प यात्रा’ को थालनी गरेको ओलीले बताए ।

जनताको समस्या बुझ्न, जनतासँग संवाद गर्नका लागि यो अभियान तय गरिएको उनले बताए । अभियानका क्रममा स्थलगत रुपमा जनतासँग प्ुगेर जनताका माग बुझ्न आफूहरु बाहिर आएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्