Logo

स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु



काठमाडौं, १६ मंसिर । रुपन्देहीमा स्कुल बसको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । आज (शनिबार) बिहान लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २० बर्षीय अप्सरा खातुन गम्भीर घाइते भएकी छन् । उनको भैरहवामा उपचार भइरहेको छ । दुर्घटनापश्चात स्थानीयले उक्त स्कुल बसमा आगजानी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्