Logo

आजपा निकट आइटी आर्मीको केन्द्रीय कमिटी बैठक जारी



काठमाडौं, १६ मंसिर । आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीको केन्द्रीय कमिटीको पूर्ण बैठक जारी रहेको छ । बैठक कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा जारी रहेको हो ।

बैठकमा आजपा अध्यक्ष प्रभु साह, आईटी आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साह लगायतका नेताहरुको उपस्थिति रहेको छ ।

आजपा र भातृ संगठन आइटी आर्मीले ले देशमा विद्यमान जटिल परिस्थिति एवं संकटको निकासका लागि वर्तमान व्यवस्थाको खारेजी र अन्तरिम सरकारको गठन गर्नुपर्ने आवाज उठाउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्