Logo

मुलुकमा सामन्तवाद छैन, कम्युनिष्ट नेताहरु त्यसैलाई प्रहार गर्नपर्छ भनेर लागेका छन्ः घनश्याम भुसाल



काठमाडौं, १६ मंसिर । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकमा सामन्तवाद नरहेको दाबी गरेका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित ‘नेपाली समाजको मुख्य अन्तरविरोध’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपालमा सामन्तवाद नरहेपनि कम्युनिष्ट नेताहरु त्यसैलाई प्रहार गर्नपर्छ भनेर लागिरहेको टिप्पणी गरे ।

साथै, महासचिव भुसालले अब नयाँ पुस्ताहरुले नेताहरुलाई गाली गर्न बन्द गर्नुपर्ने बताए । नेताहरुलाई गाली गरेरमात्रै जीवन बिताउन नहुने उनको भनाई थियो । मुलुकलाई राजनीतिले बिगारेको भएपनि नयाँ पुस्ताले गाली गरेरमात्रै औचित्य पुष्टि हुन नसक्ने उनको भनाई छ ।

नेता भुसालले समाजवाद निर्माणका लागि पुनः माक्र्सवादी पद्धतिमै फर्कनुको विकल्प नरहेको समेत दाबी गरे । नेताहरुले माक्र्सवाद झण्डा पपुलिष्टहरुलाई बुझाएको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्