Logo

समानन्तर सरकार गठन गर्ने दुर्गा प्रसाईँको उद्घोष, प्रधानमन्त्री आफैं



काठमाडौं, १७ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले आफ्नै नेतृत्वमा समानन्तर सरकार गठन गर्ने उद्घोष गरेका छन् । आज (आईतबार) प्रत्रकार सम्मेलन गर्दै उनले मंसिर ३० गते समानन्तर सरकार घोषणा गर्ने बताएका हुन् ।

‘आम जनसमुदायका बीचमा जान र उनीहरुलाई परिचालन गर्न हामीले सुरु गरेको अभियानलाई विकेन्द्रीकृत गरी मंसिर ३० गतेभित्र नागरिक सरकार गठन गरी गाउँ–गाउँ, वडा–वडादेखि सशक्त बनाई लैजाने निर्णय गरेका छौं,’– प्रसाईँले भने ।

गत मंसिर ७ गतेबाट सुरु गरिएको आन्दोलनको औचित्य पुष्टि भएको दाबी गर्दै उनले अब जनताका घर–घरमा पगेर आन्दोलन अझ सशक्त बनाउने बताए । वैदिक सनातन हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दालाई स्थापित गराउन थप आन्दोलन गर्ने उनले बताए ।

‘अब यो देश बचाउनका निमित्त आम जनसमूदायलाई एकताबद्ध हुनुपरेको छ । यसका लागि हामीले हाम्रा कार्यक्रमरुलाई थप परिस्कृत गर्ने निर्णय गरेका छौं । अब हामी शोषित पीडित जनताका घर–घरमा पुग्नेछौं । उहाँहरुलाई थप उर्जा दिएर जागरुक गोलबद्ध र एकीकृत गर्नेछौं,’– उनले भने ।

साथै, आगामी फागुन १ गते मेचीमा बालेको दीयो पुनः राजाको हातबाट काठमाडौंमा बालेर जनविद्रोहलाई थप सशक्त बनाउने समेत उनले उद्घोष गरे । File Photo/RN

झन अराजक बन्ने दुर्गा प्रसाईँको तयारी, सरकार मौन



प्रतिक्रिया दिनुहोस्