Logo

आमा मेमोरियल फाउन्डेसनको आयोजनामा सेल्फ मेकअप ट्रेनिङ सम्पन्न



काठमाडौं, १७ मंसिर । आमा मेमोरियल फाउन्डेसनले काठमाडौंको मैपीस्थित सब्बु ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा दुई दिने सेल्फ मेकअप ट्रेनिङ कार्यक्रम सम्पन्न गरेको छ ।

आमा मेमोरियल फाउन्डेसनको आयोजनामा कामनपा– १६ को सहयोगमा सोही वडामा बस्ने महिलाहरुका लागि मंसिर १५ र १६ गते सेल्फ मेकअप ट्रेनिङ गराएको हो ।

महिलाहरुको सेल्फ कन्फिडेन्समा वृद्धि, विकासमा सघाउ पुर्याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष ईश्वर भट्टले बताए । उक्त सिपमुलक तालिममा ४० जनाभन्दा धेरैले प्रशिक्षार्थीहरु सहभागी थिए ।

कार्यक्रममा आमा फाउन्डेसनका अध्यक्ष ईश्वर भट्ट, कोषाध्यक्ष सबुनम खड्गी, सचिव ज्योति थापा, सदस्य अशोक शर्मा भट्ट, सोर्हखुट्टे प्रहरी वृतका इन्स्पेक्टर उदय सिं. सिचापती, महिला हिंसाविरुद्धको १६ दिने अभियानमा हिडेका वरिष्ठ प्रहरी हल्दार गंगाकुमारी झुकाल, आइत तामाङको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्