Logo

प्रभातफेरी कार्यक्रम गरी मनाइयो अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस (फोटोफिचर)



काठमाडौं, १७ मंसिर । अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने गरिन्छ ।

यस वर्षको अपाङ्गता दिवसको राष्ट्रिय नारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ रहेको थियो ।

काठमाडौंमा पनि अपाङ्गता भएका व्यक्तिहरुको ३२औं अन्तराष्ट्रिय दिवस मनाइएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले संयुक्त रुपमा प्रभातफेरी कार्यक्रम आयोजना गरी उक्त दिवस मनाईको हो ।

भद्रकालीदेखि सुरु भएको प्रभातफरी भृकुटीमण्डपमा पुगेर समापन भएको थियो । उक्त प्रभातफेरीमा अपाङ्गता भएका व्यक्तिहरुको हक हितमा काम गर्ने विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको थियो । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्