Logo

त्रिविबाटै राजनीतिक भागबण्डा अन्त्य गर्ने र मेरिटको आधारमा भीसी नियुक्ति गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता



काठमाडौं, २ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयबाटै राजनीतिक भागबण्डाको अन्त्य गरी मेरिटको आधारमा भीसी नियुक्त गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आज (सोमबार) त्रिविको ४९ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक भागबण्डाको अन्त्य र मेरिटका आधारमा भीसी नियुक्तिका लागि अग्रसर हु्न सबै राजनीतिक दललाई अपिल समेत गरे ।

‘यस अवसरमा त्रिभुवन विश्वविद्यालयबाट नै राजनैतिक भागबण्डाको अन्त्य गर्ने, मेरिटको आधारमा भीसी नियुक्ति गर्ने प्रतिबवद्धता गर्दछु ।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसका निक्ति देशभित्र र विश्वभरमा रहेका विज्ञ नेपालीहरुलाई विशेष आह्वान पनि गर्दछु । राजनीतिक दलहरुलाई त्रिभुवन विश्वविद्यालयमा भागबण्डा होईन, मेरिटको आधारमा नियुक्तिका लागि अग्रसर हुन अपील गर्दछु ।’

त्रिविको ४९औं दीक्षान्त समारोहले दीक्षान्त समारोहको विश्व इतिहासलाई नै ‘ब्रेक थ्रु’ गरेको उनको दाबी छ । साथै, आज दीक्षित हुने विद्यार्थीहरुको उज्जल भविश्यकको कामना गर्दै प्रधानमन्त्री प्रचण्डले बधाईसमेत दिए ।



प्रतिक्रिया दिनुहोस्