Logo

एनसेल शेयर खरिद–विक्री प्रकारणविरुद्ध अमरेशले दायर गरेको मुद्दामा आज पनि भएन सुनुवाइ



काठमाडौं, २ पुस । एनसेल शेयर खरिद– विक्री प्रकरणविरुद्ध प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले दायर गरेको रिटमा आज पनि सुनुवाइ हुन सकेन ।

आज (सोमबार) सुनुवाइका लागि न्यायाधीश नहकुल सुवेदीको इजलासमा पेशी तोकिएको भएपनि बेन्च बस्न नभ्याएकाले आज सुनुवाइ हुन नसकेको हो ।

अमरेशले दायर गरेको उक्त रिटको सुनुवाइ सातौं पटक स्थगित भइसकेको छ । यसअघि पटक–पटक हेर्न नभ्याइनेमा पर्दै आएको उक्त रिट हिजो भने निवेदककै कानुन व्यवसायीले पेशी स्थगित गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्