Logo

कमला मगरको पहिलो गीत ‘यो मेरो पिरती’ ले चर्चा बटुल्दै



काठमाडौँ, २ पुस । नेपाली सांगितीक क्षेत्रमा पाइला चालेकी नवगायिका कमला मगरको पहिलो गीत सार्वजनिक गरिएको छ । ‘यो मेरो पिरती’ बोलको लोक गीतमा कमलासँगै गायक खेम सेन्चुरीको स्वर रहेको छ । सार्वजनिक गरेकी छन् । रमेस परियारको शब्द र संगीत रहेको गीतको भिडिओ कमला मगर अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको भिडिओमा लोकप्रिय नायक पुष्प खड्का र कविता नेपालीको अभिनय रहेको छ । मौसम हिमालीको निर्देशनमा निमार्ण गरिएको उक्त गीतलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । भिडिओ दुईदिन अघि सार्वजनिक गरिएको हो भने सकारात्मक प्रतिक्रिया आइरहेका छन् ।

गोरखा ४ आरुघाटकी गायिका कमलाले आफ्नो पहिलो कोसेलीमा आएको दर्शक तथा स्रोताको प्रतिक्रियाले आफूलाई खुसी बनाएको बताएकी छिन् । उनले आफूले यसपछि पनि निरन्तर गीत संगीतमा समय दिने र छिट्टै अर्को गीतको लागि तयारी भइरहेको बताइन् ।



प्रतिक्रिया दिनुहोस्