Logo

एनसेल प्रकरण: छानविन समिति बनाइएकोमा रविको आपत्ति



काठमाडौं, ३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एनसेल खरिद विक्री प्रकरणमा छानविन समिति बनाइएकोमा आपत्ति जनाएका छन् । राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकमा उनले दूरसञ्चार प्राधिकरणको अधिकार क्षेत्रभित्र पर्ने विषयमा सरकारले किन छानविन समिति बनाएको ? भन्दै पश्न गरे ।

उक्त प्रकरणमा प्रधानमन्त्री जोडिन आवश्यक नरहेको उनको भनाइ छ । ‘नियामक निकाय छ, तरपनि समिति किन बनाएको ? कानुनानुसार नियामक निकाय दूरसञ्चार प्राधिकरण छ । किन समिति बनाएको ? सिस्टम बलियो नबनाए हामी कोल्याप्स हुनेछौँ,’– रविले भने ।

दूरसञ्चारको जुडिसेरीमा प्रधानमन्त्रीले जोडिन नहुने उनको उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्