Logo

अमरेशजस्ताको आरोपमा जवाफ दिँदै हिँड्नु उचित हुँदैनः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर खरिद विक्री प्रकरणमा गंगा दाहाललाई जोड्नु् लोकतन्त्र र संविधानमाथिको प्रहार भएको बताएका छन् ।

आज (मंगलबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले प्रचण्डमापथ हमला नगरी अहिलेको ब्यवस्था नउल्टिने बुझेकाहरुले आरोप लगाएका बताएका हुन् ।

स्वीकय सचिवसमेत रहेकी छोरी गंगा दाहालको बारेमा उठिरहेका प्रश्नमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले गंगालाई जोडेर नभएको कुरालाई उचालिएको बताए । उनले अनावश्यक आरोप नलगाउन पनि सांसदहरुलाई आग्रह गरे ।

गंगा दाहाल, ऊ कस्ती छ भन्ने तपाईंहरु जानकार हुनुहुन्छ। विचरा गंगालाई जोडेर नभएको कुरा उचालियो । यो लोकतन्त्र र संविधानविरुद्धको हमला हो’ उनले भने, ‘प्रचण्डलाई हमला नगरी यो व्यवस्था उल्टिँदैन भन्ने छ।’

आफूलाई प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले अनेक आरोप लगाएको प्रधानमन्त्री प्रचण्डले बताए । आफूमाथि आरोप लगाउने अमरेशजस्ताको कुरामा जवाफ दिँदै हिँड्नु उचित नहुने समेत उनले बताए ।



प्रतिक्रिया दिनुहोस्