Logo

अलौकिक बाबा रेग्मी १९ दिनदेखि निराहार, गिनिज बुकमा नाम लेखाउने तयारी (भिडिओसहित)



काठमाडौं, ३ पुस । संसारीमाई मन्दिर व्यवस्थापन समितिल अलौकिक बाबा राजेन्द्र रेग्मी १९ दिनदेखि निराहार बसिरहेको बताएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मन्दिर ब्यवस्थापन समितिले रेग्मी विगत १९ दिनदेखि २४ घण्टै सीसीटिभीको निगरानीमा निराहार बसिरहेका बताएको हो ।

गोकर्णेश्वर नगरपालिका– १ रुप्सेटार, सुन्दरीजलस्थित संसारीमाई मन्दिरमा निराहार बसिरहेका रेग्मीलाई ईश्वरी शक्ति प्राप्त भएको मन्दिर ब्यवस्थापन समितिको दाबी छ ।

रेग्मीले १९ दिनसम्म पानीसमेत नखाई निराहार बसेकाले सबैभन्दा धेरै समय निराहार बस्ने व्यक्तिको नाममा विश्व रेकर्ड कायम गर्ने तयारी रहेको बताइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै संगीत बमले निराहारी बाबा रेग्मीको अद्भूत क्षमतालाई विश्वमाझ चिनाउन सहयोग गरिदिन सरकार समक्ष आग्रह गरे ।

प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले निराहारी बाबा रेग्मीको विना अन्नपानी यति लामो समय निराहार बस्नु अच्चम भएको बताए । विश्वको इतिहासमा विना पानी र अन्नसहित निराहार पहिलो हुनसक्ने उनले बताए ।

मंसिर १४ गतेदेखि निराहारी बाबा रेग्मीले निराहार सुरु गरेको मन्दिर ब्यवस्थापन समतिले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्