Logo

प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काका राजदूत पार्थिरानाबीच शिष्टाचार भेट



काठमाडौँ, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शना पार्थिरानाले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री कार्यालयमा आज (मंगलबार) भएको सो भेटमा नेपाल र श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्