Logo

मेलम्ची खानेपानी संघर्ष समितिले आन्दोलनलाई थप सशक्त बनाउने



काठमाडौं, ४ पुस । काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । संघर्ष समितिको अगुवाइमा गत पुस २ गते काठमाडौंवासीले उपत्यकामा खानेपानीको अभाव भएको भन्दै काठमाडौंवासीले रित्ता भाँडा बोकेर प्रदर्शन गरेका थिए ।

उनीहरुले कोटेश्वरबाट तीनकुने हुँदै मिनभवनसम्म प्रर्दशन गरेका हुन् । मेलम्ची खानेपानी आयोजना र सोसंग सम्बद्ध निकायको अनुत्तरदायी र गैह्रजवाफदेही भएकाले मेलम्चीको पानी उपत्यकामा ल्याउने उद्देश्यले मेलम्चीको पानी खोई ? अभियान चलाइएको संघर्ष समितिले जनाएको छ ।

हाल सहजरुपमा तुरुन्त पानी ल्याउन सकिने अवस्था रहेको र त्यहाँको समस्या प्राविधिक नभई ब्यवस्थापकीय प्रकारको भएको संघर्ष समितिको ठहर छ ।



प्रतिक्रिया दिनुहोस्