Logo

रेड नोटिस जारी भएका अहमद दुबईबाट पक्राउ



काठमाडौं, ४ पुस । नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट रेड नोटिस जारी भएका सगीर अहमद दुवईबाट पक्राउ परेका छन् । प्यूठान जिल्ला सरुमारानी गाउँपालिका वडा नं.१ स्थायी ठेगाना भएका ३३ वर्षीय अहमदलाई दुबईबाट नियन्त्रणमा लिई आवश्यक कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

उनीमाथि सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकालाई अश्लील क्रियाकलापद्वारा बारम्बार दुःख, हैरानी तथा मानसिक यातना दिएको आरोप छ । उनका विरुद्ध ती नाबालिकाका अभिभावकले उजुरी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्