Logo

राजीनामा मागिएपछि बोले मन्त्री किराती, ‘अहिले म सबैको अभिभावक हुँ’



काठमाडौं, ५ पुस । उपत्यकाब्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफू सबैको अभिभावक भएको स्पष्टीकरण दिएका छन् । उनले आफूलाई पशुपतिनाथ सफा गर्दा हिन्दु, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम र क्रिष्चियनहरुको कार्यक्रममा जाँदा क्रिष्चियनको उपमा दिइएको उनको भनाइ छ । उनले संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गर्न र अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गर्नसमेत आग्रह गरेका छन् । आफ्नो अस्तित्व सम्मानित हुनका लागि अर्काको अस्तित्व स्वीकार गर्नुपर्ने उनले बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्ः

वहशको लागि सबैलाई धन्यवाद । संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गरौं । अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो । भन्‍नलाई त मलाई पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने ।

फेरिपनि भन्छु– अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौ । अन्तमा, अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।



प्रतिक्रिया दिनुहोस्