Logo

राष्ट्रिय सभा निर्वाचनः तोकियो ७ मतदान स्थल र १४ मतदान केन्द्र



काठमाडौं, ५ पुस । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकिएको छ । आज (बिहीबार) निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै प्रत्येक प्रदेशमा एक– एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने गरी मतदान स्थल र मतदान केन्द्र तोकिएको जानकारी गराएको हो ।

आयोगले कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा, बागमती प्रदेशका लागि श्री भुटनदेवी मा.वि. प्राविधिक शिक्षालय, ब्लक प्राविधिक भवन, हेटौडा, मकवानपुर, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी, कैलालीलाई मतदान स्थल तोकिएको बताएको छ ।

साथै, आयोगका अनुसार तोकिएको मतदानस्थलमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष /उपाध्यक्ष, नगरपालिकाका प्रमुख/ उपप्रमुखका लागि बेग्लाबेग्लै मतदान केन्द्र रहने छन् । मतदाताहरुले तोकिएका मतदान केन्द्रमा मिति आगामी माघ ११ गते विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान गर्न पाउने आयोगले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्